सुस्मा न्यौपाने
नवलपुर । कोरोना भाईरस विरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुका लागि नवलपरासी (पूर्व) मा एस्ट्राजेनेका खोप आएको छ ।गएको माघ र फागुनमा जिल्लाका ६५ वर्ष माथिका बृद्धबृद्धाहरुले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका थिए ।
खोप लगाएको लामो समयसम्म पनि दोस्रो डोज लगाउन नपाएपछि चिन्तामा रहेका उनिहरुले अव एस्ट्राजेनेका खोप लगाउन सक्नेछन् ।
स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) का प्रमुख केशव चापगाईले मंगलबार बुधवार जिल्लाका स्थानीय निकायले खोप लगाउने बताउनुभयो । कार्यालयले आजै सबै स्थानीय तहहरुलाई खोप लगाउने बारे पत्रचार गर्ने तयारी गरेको छ।
गैँडाकोट नगरपालिकामा ३८६५, देवचुली नगरपालिकामा १७६४, कावासोतीमा २१९५, मध्यविन्दुमा २३८३, विनयीत्रिवेणी गाउँपालिकामा १००९, हुप्सेकोटमा ४८६, बुलिङटारमा १०२५ र बौदीकालीमा ६७६ जनालाई खोप लगाईने स्वास्थ्य कार्यालयले जनाएको छ ।