Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । दक्षिण कोरियामा रहेका पूर्वी नवलपरासीका युवाहरुले कोरोनावाट जिल्लावासीलाई जोगाउन ८ वटा आइसियू बेड पठाएका छन ।
कावासोतीमा रहेको जिल्ला अस्पतालमा करिब ६ लाख मुख्य बराबरको आइसियू बेड मंगलवार एक समारोहका बिच हस्तान्तरण गरिएको हो ।अस्पताल हातामा मंगलवार आयोजित एक कार्यक्रममा नवलपुर समाज दक्षिण कोरियाका संस्थापक सचिव हेमराज चापागाईले यहाका निर्वतमान संघिय सांसद तिलक महत मार्फत ति ८ वटा बेड अस्पताललाई हस्तान्तरण गरेका हुन ।सांसद महतले नेपालीको स्वास्थ्य जोगाउन बिदेशमा रहेका नेपालीको सहयोग अनुकरणीय रहेको भन्दै ति सबैलाई धन्यवाद दिए । सांसद महतते ५० सैयाको अनुमती प्राप्त गरेको अस्पतालाई चाडै एक सय बेडको संचालन अनुमति दिलाउन आफुले प्रयास गरिरहेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै अस्पताल बिकास समितिका पूर्व अध्यक्ष महेन्द्र पोख्रेलले आफु अध्यक्ष हुदा जर्मनीको हिल्फे भन्ने संस्थाले १२ करोड सहयोग गर्ने सम्झौता गरेको र त्यसै अनसार अस्पतालले गति लिएको स्मरण गरे । उनले सबैको सहयोगवाट अस्पतालको स्तरोन्नती गर्न पर्नेमा जोड दिए ।जिल्ला अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा बीर बहादुर थापाले ति सबै बेड आइसियू कक्षमा प्रयोग गर्ने स्तरका रहेको जानकारी दिए । जिल्ला अस्पताल ५० सैयाको संचालन अनुमती पाएको छ । दरबन्दि अनुसारका चिकित्सक ब्यबस्थापन गरेर अस्पतालले आइसियू र भेनिटलेटर सेवा शुरु गर्न खोजेकै अबस्थामा कोरियामा रहेका नेपालीले उच्च गुणस्तरको ८ वटा बेड अस्पताललाई दिएका हुन ।

दक्षिण कोरियामा पूर्वी नवलपरासीका ४ सय भन्दा बढि युवाहरु रोजगारीमा रहेका छन । उनिहरुले संकलन गरेर पठाएको पैसाले ति बेड खरिद गरेर अस्पताललाई दिइएको हो । त्यहाका नेपालीले यस अघिपनि यहाका बिभिन्न संघसंस्थालाई सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया