चितवन । कोरोना भाईरसका कारण लामो समयदेखि सवै क्षेत्र सुुनसान बनेको छ । केहि ब्यवसाय लकडाउनका विचमा फाटफुट चलेपनि लामो तथा छोटो दुरीका सवारीसाधन ठप्प छन ।
यात्रुबाहक सवारी साधन नचल्दा सर्वसाधरणहरु गन्तव्यमा पुुग्न नसक्नुु एउटा समस्या त छदै त त्यो भन्दा बढि पीडा सवारी नचल्दा व्यवसायीहरुलाई छ । चितवनको भरतपुर स्थित केन्द्रिय बस टर्मिनल यतिवेला सुुनसान बनेको छ ।
बसपार्क सुनसान हुँदा आसपासका व्यवसाय समेत प्रभावित बनेका छन । नारायणी यातायात व्यवसायी समितिका क्षेत्रीय प्रमुख शंकर गीरीले लकडाउनका कारण व्यवसायीहरुको अवस्था नाजुक बनेको बताए । उनले यातायात व्यवसायीहरुले आगामी असोज १ गतेदेखि गाडी चलाउने निर्णय गरेको भन्दै आफुहरु त्यसकै तयारीमा लागेको बताए । बसपार्कको पछिल्लो अवस्थाबारे उज्यालो सहकर्मी गोविन्द घिमिरेले वसपार्क पुगेर त्यँहाको पछिल्लो अवस्था दर्शाएका छन । प्रस्तुत छ बसपार्कको पछिल्लो अवस्था