×

चितवन सेरोफेरो

ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिँदा श्रीमान्‌को मृत्यु, श्रीमती र छोरा घाइते

ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिँदा श्रीमान्‌को मृत्यु, श्रीमती र छोरा घाइते
काठमाडौं । मकवानपुरमा ग्यास बुलेटले सोमबार बिहान स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.२-०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशा तर्फ आउँदै गरेको एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिएको थियो । मृत्यु हुनेमा स्कुटर चालक सिन्धुपालचोकको चौतारा नगरपालिका-५ का ३० वर्षीय केदार श्रेष्ठ रहेका छन् । उनका २८ वर्षीया श्रीमती सरस्वती श्रेष्ठ र २ वर्षीय छोरा प्रवीन श्रेष्ठ भने घाइते भएका छन् ।दुर्घटनामा प...

चितवनमा  ‘दोहोरी साँझ’मा आगलागी, ३० लाखको क्षति

चितवनमा  ‘दोहोरी साँझ’मा आगलागी, ३० लाखको क्षति
चितवन- चितवनको भरतपुर महानगरपालिका–३, लायन्सचोक ओरालोस्थित एक घरमा सोमबार बिहान करेन्ट सर्ट हुँदा आगलागी भई ठूलो धनमाल क्षति भएको छ। वडा प्रहरी कार्यालय नारायणगढका अनुसार बिहान करिब ४ः१५ बजे युवराज अधिकारीको घरमा करेन्ट सर्ट भई आगलागी भएको हो। उक्त घरको तल्लो तल्लामा भरतपुर–२, क्षेत्रपुरका सुमन भारतीले सञ्चालन गर्दै आएको ‘चितवन दोहोरी साँझ’ रहेको थियो। आगो लागेपछि वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक कुशराम कार्कीको कमाण्डमा खटिएको टोलीले भरतपुर महानगरपालिका, खैरह...

ओली कुटी निर्माणमा जनसहभागिता बढ्दै, शंकर अधिकारीद्वारा एक लाख सहयोग घोषणा

ओली कुटी निर्माणमा जनसहभागिता बढ्दै, शंकर अधिकारीद्वारा एक लाख सहयोग घोषणा
चितवन । ओली कुटी निर्माण अभियानका लागि युवा संघ नेपाल चितवनका नेता शंकर अधिकारीले एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। अधिकारीले यसअघि हिजो घोषणा गरेको १० हजार रुपैयाँमा थप ९० हजार रुपैयाँ जोड्दै कुल एक लाख सहयोग गर्ने घोषणा गरेका हुन्। उनले भने, “ओली कुटीका लागि घोषणा गरिएको रकम नपुगेमा अझ थप गर्न पनि तयार छु।” ओली कुटी निर्माण अभियानमा विभिन्न व्यक्ति, संघ–संस्था र समर्थकहरूले आर्थिक सहयोग प्रदान गर्दै आएका छन्।पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी श...

चितवनमा ग्यास बुलेटमा मोटरसाइकल ठोकिँदा युवकको मृत्यु

चितवनमा ग्यास बुलेटमा मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
चितवन । चितवनको खैरहनीमा रोकि राखिएको ग्यास बुलेटमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ। गएराति करिब १०:३० बजेतिर खैरहनी नगरपालिका–२ लदरी पुल नजिक पूर्व–पश्चिम राजमार्गमा भएको हो। बिहार राज्य सिवान जिल्लाका ५९ वर्षीय दशरथ प्रसादले चलाइरहेको HR 38 AF 6126 नम्बरको ग्यास बुलेट बिग्रिएर सडक किनारमा रोकिएको अवस्थामा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ३२३० नम्बरको मोटरसाइकल ठोकिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षीय मनिश बोगटी, खैरहनी–...

आज लक्ष्मी पूजा- धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

आज लक्ष्मी पूजा- धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदै छ । सफा सुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेष गरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि ...

प्रहरीको भेषमा चोर, पत्रकारसँग जम्काभेटपछि खुल्यो रहस्य

प्रहरीको भेषमा चोर, पत्रकारसँग जम्काभेटपछि खुल्यो रहस्य
चितवन- चितवनको कालिका नगरपालिका–जुटपानीमा प्रहरीको भेषमा चोर घरमा पसेको घटना सार्वजनिक भएको छ। उक्त घटना स्थानीय पत्रकार राधेश्याम खतिवडासँगै सम्बन्धित रहेको  छ।पत्रकार खतिवडाका अनुसार गएरात उनी नजिकैका अन्कलको घरमा भाइसँग क्रिकेट खेल हेर्न गएका थिए। रातको करिब १२ बजे खेल सकिएपछि घर फर्किँदा घर अगाडिको बत्ती र सडक पोल दुवै निभेका थिए। “घर नजिक पुग्दा अध्यारोमा एक अपरिचित युवक ढोकाबाट निस्किँदै गरेको देखेँ,” खतिवडाले बताए, “पहिले त प्रहरी हो कि भन्ने लाग्यो, तर उसको हाउभाउ ...

चितवनमा स्कुटरको ठक्करबाट एक युवकको मृत्यु

चितवनमा स्कुटरको ठक्करबाट एक युवकको मृत्यु
चितवन -  राप्ती नगरपालिका–२ सिमराचोकमा बुधबार साँझ भएको सडक दुर्घटनामा एक पैदल यात्रीको ज्यान गएको छ ।बुधबार साँझ करिब ६:३० बजे बा.प्र.०२–०५६ प १११५ नम्बरको स्कुटरले ठक्कर दिँदा रौतहट माधवनारायण नगरपालिका–८ का २४ वर्षीय रुपेश राय यादव गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पुर्‍याइएको थियो । तर उपचारको क्रममा साँझ ७:४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।दुर्घटनामा स्कुटर चालक राप्ती नगरपालिका–२ का १८ वर्षीय दिपेश गौतमको ना...

“राज्य छ है, मर्नु पर्दैन” – सीडीओ अर्यालको मानवीय नेतृत्व

“राज्य छ है, मर्नु पर्दैन” – सीडीओ अर्यालको मानवीय नेतृत्व
काठमाडौँ । सडक मार्गमा समस्यामा परेका यात्रुको व्यवस्थापनसहित उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउन चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल अहोरात्र ‘फिल्ड’मै खटिरहेका छन्। जिल्लास्थित कर्मचारी संयन्त्रका प्रमुखका हैसियतले कार्यकक्षमा बसी निर्देशन दिनेभन्दा ‘फिल्ड’ मै पुगी आवश्यक निर्देशनसहित तथा सहजीकरण गर्न अर्याल व्यस्त देखिएका हुन्। जिल्लाका प्रमुख राजमार्गको पहिरो हटाउने, पहिरोमा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुग्नका लागि सहजीकरण गर्नुका साथ खाना, पानी तथा औषधिको ...

चितवनबाट बाहिरिने र भित्रिने सवारी आवागमन आज साँझदेखि पूर्ण रुपमा बन्द

चितवनबाट बाहिरिने र भित्रिने सवारी आवागमन आज साँझदेखि पूर्ण रुपमा बन्द
चितवन–चितवन प्रशासनले जिल्लाबाट बाहिरिने र भित्रिने सवारी आवागमन पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ ।आज साँझ बसेको सरोकारवाला निकायको बैठकले यस्तो निर्णय गरेको हो । नारायणघाट मुग्लिन सडक खण्डमा जोखिम बढेकोले सवारी आवागनमा पूर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । यस्तै बैठकले बाहिरी जिल्लाबाट चितवन आइपुगेर अलपत्र परेका यात्रुलाई चितवनका होटलमा नियमित शुल्कमा ७५ प्रतिशत छुट दिएर भरतपुर ,नारायणगढ र सौराहाका होटलमा बस्ने व्यवस्था मिलाउने निर...