महात्मा गान्धीको चस्मा ४ करोड ८ लाखमा विक्री भयो
एजेन्सी
लण्डन : भारतीय स्वतन्त्रतावादी नेता महात्मा गान्धीको चस्मा लिलाम बढाबढबाट चार करोड आठ लाख रुपैयाँमा विक्री भएको छ ।बेलायती लिलाम गर्ने एक कम्पनीले गान्धीको चस्मा एक अमेरिकी सङ्ग्रहकर्तालाई विक्री गरेका हुन् । ईस्ट ब्रिस्टल अक्शन्श लिमिटेडका अनुसार अगस्ट महिनाको ३ तारिखमा एउटा साधारण खामभित्र कुनै व्यक्तिले छोडेको अवस्थामा उक्त चस्मा फेला पारिएको थियो।
बीबीसीमा प्रकाशित समाचार अनुसार उक्त चस्मा लगभग ५० वर्षसम्म दराजभित्रै थन्किएर र...























