×

खेलकुद

प्रधानमन्त्री ओलीको नजरमा एनपिएलका आठ मार्की खेलाडी

प्रधानमन्त्री ओलीको नजरमा एनपिएलका आठ मार्की खेलाडी
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी सार्वजनिक गर्नुभयो । उहाँले सुन्धारास्थित धरहरा परिसरमा ट्रफी सार्वजनिक गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले गौरवशाली धरहराको काखमा एनपिएलको ट्रफी सार्वजनिक कार्यक्रमले खेलकुदमा नयाँ जाँगर पैदा गरेको जिकिर गर्नुभयो । उहाँले आजको दिन नेपाली खेलकुद क्षेत्रका लागि विशेष महत्वको दिन रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपाली क्रिकेट खेलाडी तथा एनपिएलका आठ टोलीकै मार्की खेलाडीको ...

एनपीएलको तालिका सार्वजनिक, पहिलो दिन विराटनगर र जनकपुर भिड्ने

एनपीएलको तालिका सार्वजनिक, पहिलो दिन विराटनगर र जनकपुर भिड्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को खेलतालिका सार्वजनिक भएको छ । सोमबार साँझ नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले एनपीएलको तालिका सार्वजनिक गरेको हो । जसअनुसार, पहिलो खेल विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच हुने भएको छ । खेल मंसिर १५ गते शनिबार मध्याह्न १२:१५ बाट सुरु हुने छ ।प्रतियोगिता सिंगल राउन्ड रोबिनमा हुने छ । प्रतियोगिताको लिग चरणमा एक टिमले सात खेल खेल्ने छ । हेर्नुहोस् तालिका

यू- १९ महिला विश्वकपमा छनोट भएको टोलीलाई जनही अढाइ लाख दिने क्यानको घोषणा

यू- १९ महिला विश्वकपमा छनोट भएको टोलीलाई जनही अढाइ लाख दिने क्यानको घोषणा
काठमाडौं- आइसिसी महिला यू-१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली यू-१९ टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार दिइने भएको छ।नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीलाई बधाइ दिँदै पुरस्कार दिने घोषणा गरेको हो। क्यानले नेपाली टोलीका अफिसियलहरुलाई जनही १ लाख ५० हजार रूपैयाँ प्रदान गर्नेछ।यसअघि बुधबार युएईमा सकिएको एसिया छनोटमा घरेलु टोलीलाई पछि पार्दै नेपाली टोली विश्वकपमा पुगेको थियो। नेपालले आगामी जनावरी-फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा समूह ुडीु मा प्रतिस्पर्धा गर्ने...

शिखर धवन एनपिएल खेल्न नेपाल आउने

शिखर धवन एनपिएल खेल्न नेपाल आउने
  भारतका चर्चित क्रिकेटर शिखर भवन नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आउने भएका छन्।उनलाई कर्णाली याक्सले टोलीमा भित्र्याएको हो। यद्यपि उनले भारतीय क्रिकेटबाट सन्यास घोषणा गरिसकेका छन्।भारतले सन्यास घोषणा अघि कुनै पनि खेलाडीलाई अर्को देशमा खेल्न अनुमति दिँदन। गत वर्ष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यास लिए पछि उनलाई अर्को देशमा खेल्ने बाटो खुलेको थियो। नेपाल प्रिमियर लिग मङ्सिर १५ देखि कीर्तिपुर स्थित त्रिबी मैदानमा हुँदैछ।धवनले भारतका लागि आफ्नो पहिलो ओड...

विश्वकप लिग-२ : आज नेपाल र स्कटल्याण्ड भिड्दै

विश्वकप लिग-२ : आज नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ । यो खेल सोमबार राति १० बजेर १५ मिनेटमा अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदान सुरु हुनेछ । सिरिजअन्तर्गतका चार खेलमध्ये नेपालले अमेरिकासँगका दुई खेल गुमाइसकेको छ । अमेरिकासँगको पहिलो खेल तीन विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित हुनपुग्यो । सिरिजअन्तर्गतको अघिल्लो प्रतिस्पर्धामा स्कटल्याण्डमाथि भने नेपालले पाँच विकेटको शानदार जित न...

हङकङ सिक्सेसमा नेपालको लगातार दोस्रो जित, अस्ट्रेलिया ११ रनले पराजित

हङकङ सिक्सेसमा नेपालको लगातार दोस्रो जित, अस्ट्रेलिया ११ रनले पराजित
  काठमाडौं-  हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेको छ ।टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १०० रन मात्रै बनाउन सक्यो । अष्ट्रेलियाका ज्याक उडले ५५ र अलेस रोसले १४ रन बनाए । अरुले दोहोरो अंक जोड्न सकेनन् । नेपालको जितका लागि प्रतीश जिसी एक्लैले तीन विकेट लिए र उनी प्लेर अफ दी म्याच बने । यस्तै लोकेश बम र विवेक यादवले एकरएक व...

नेपाली टोलीलाई काठमाण्डौ महानगरद्वारा राति नै नगदसहित सम्मान

नेपाली टोलीलाई काठमाण्डौ महानगरद्वारा राति नै नगदसहित सम्मान
काठमाण्डौ – साफ महिला च्याम्पियनसिप २०२४ मा उपविजेता बनेको नेपाली महिला टोलीलाई काठमाण्डौ महानगरपालिकाले गए राति नै नगद पुरस्कारसहित सम्मान गरेको छ । महानगरले टोलीका हरेक खेलाडीलाई जनही एक लाख रुपैयाँ, प्रशिक्षक, टिम ब्यवस्थापक, फिजियोलगायतलाई गरी कूल २७ लाख ५० हजार रुपैयाँ पुरस्कारबाट सम्मान गरेको हो । खेलाडीलाई उनीहरु बसेको होटल सोल्टीमै पुगेर महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डङ्गोलले नगद पुरस्कार र सम्मान पत्रबाट सम्मान गर्नुभयो । राति खेल सकेर होटल...

नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हरायो

नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हरायो
काठमाडौं । नेपालले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत एकदिवसीय खेलमा स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ ।अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा मङ्गलबार राति टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो । स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै करन केसी, सोमपाल कामी, गुल्सन झाले २र२ विकेट तथा आरिफ शेखले एक विकेट लिए । स्कटल्याण्डका लगि मार्क वाटले ३४ रन बन...

भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा
  काठमाडौं । भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल दशरथ रंगशालामा जारी साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।निर्धारित समयमा १-१ को बराबरीमा सकिएपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । भारतका दुई खेलाडीको प्रहार रोकिएको थियो । नेपालबाट प्रहार गरेका ४ खेलाडीले गोल गर्दै जिततर्फ दोहोराएका हुन् भारतले खेलको ७१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । त्यसलगत्तै नेपालले पनि गोल गरेको थियो ।नेपालकी प्रीति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता द...