चितवन । चितवनको भरतपुरमा रहेको फोर्ब्स कलेजले अन्तराष्ट्रिय स्तरको आइएसओ मान्यता प्राप्त गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुरमा अवस्थित सो कलेजले आइएसओ ९००१ः२०१५ मान्यता प्राप्त गरेको हो ।विभिन्न डेढ दर्जन सूचकहरु पुरा गर्दै कलेजले आइएसओ मान्यता प्राप्त गर्न सफल भएको हो । युके इन्टरनेशल सर्टिफिकेशन लिमिटेडले फोर्ब्सलाई आइएसओ मान्यता प्रदान गरेको हो ।
कलेजका प्राचार्य हरिशरण पाठकले फोर्ब्सले प्राप्त गरेको अन्तराष्ट्रिय स्तरको आइएसओ मान्यताले आफुहरु उत्साहित बनेको बताउनुभयो । शिक्षक विद्यार्थी र अभिभावकहरुको साथ र सहयोगले हामिले आइएसओ मान्यता प्राप्त गरेका छौ, उहाँले भन्नुभयो- आगामि दिनमा शिक्षाको क्षेत्रमा थप नयाँ इतिहाँस बनाउन हामिलाई दवाव समेत बढेको महसुस भएको छ ।
विस २०७४ सालमा स्थापना भएको फोर्ब्स कलेजमा ब्याचलर अफ होटल म्याजेजमेन्ट र ब्याचलर अफ कम्प्युटर साईन्स (नेटवर्क टेक्नोलोजी एण्ड साइबर सेक्युरिटी) मा पढाई हुदै आएको छ । फोर्ब्स कलेज राजधानी बाहिर साइबर सेक्युरिटी पढाइहुने एकमात्र कलेज हो ।





















उज्यालो खबर











