काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कतिपय मान्छेहरूले प्रधानमन्त्रीको उम्मेदवार बन्छु भनेर ख्यालख्यालजस्तो गरेको टिप्पणी गरेका छन् ।
झापा–५ मा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले आफ्नो क्षेत्रमा प्रतिस्पर्धामा रहेका रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै यस्तो बताएका हुन् ।उनले बच्चाबच्चीलाई सोध्यो भने ‘प्रधानमन्त्री बन्छु, राष्ट्रपति बन्छु’ पनि भन्नसक्ने पनि बताए ।
‘म सुन्छु प्रधानमन्त्रीका उम्मेदवार भन्ने कतिपय मान्छेले बच्चाबच्चीलाई सोध्यो भने, तिमि के हुने भन्यो भने प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ,’ ओलीको भनाइ थियो, ‘तर उ बन्ने होइन नि । त्यस्तै ख्याल ख्यालजस्तो लाग्यो मान्छेलाई । भनिदिए ।’




















उज्यालो खबर








