×

कावासोती नगरपालिका–१४ अग्यौलीस्थित भित्री सडकखण्डमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य घाइते भएका छन्।

 राति करिब ९ बजे गोडारबाट डण्डातर्फ जाँदै गरेको ग.प्र.०४–००१ प ८५९२ नम्बरको TVS मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ०३–०३ प २५२१ नम्बरको RTR मोटरसाइकल एकआपसमा ठोक्किएपछि भएको हो। ठक्करपछि TVS मोटरसाइकल पुनः सोही दिशाबाट आउँदै गरेको ग.प्र.०४–००२ प १८४७ नम्बरको बुलेट मोटरसाइकलसँग समेत ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका व्यक्तिहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएकोमा देवचुली नगरपालिका–१७ निवासी २८ वर्षीय ओमप्रकाश खोजवारलाई चिकित्सकले राति ९:४८ बजे मृत घोषणा गरेका हुन्।

प्रहरीले दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल नियन्त्रणमा लिएको छ भने बुलेट मोटरसाइकल चालक, कावासोती नगरपालिका–११ निवासी २५ वर्षीय घनश्याम महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया