×

चितवन-  चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित केवलकार गेट अगाडि बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३६८ नम्बरको बसले आज बिहान करिब ८:५३ बजे पैदल यात्रीलाई ठक्कर दिएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सरकारी अस्पताल भरतपुर लगिएकोमा चिकित्सकले बिहान १०:१० बजे मृत घोषणा गरेका छन्।मृतक जिल्ला गोर्खा, सहिद लखन गाउँपालिका–२ का अन्दाजी ३३/३४ वर्षीय जीवन परियार रहेको उनका दाइ प्रकाश परियारले सनाखत गरेका छन्।

घटनापछि बस चालक फरार रहे पनि पछि इप्रका मुग्लिङले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका चालक जिल्ला कैलाली, लम्कीचुहा नगरपालिका–१२ का ४२ वर्षीय सुभाष विश्वकर्मा रहेको प्रहरीले पुष्टि गरेको छ। दुर्घटनामा संलग्न बस पनि इप्रका मुग्लिङको नियन्त्रणमा रहेको छ।प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया