बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका–४, बसन्तपुरमा विद्यार्थी सवार बस दुर्घटना हुँदा १० जनाभन्दा बढी विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
परासीबाट विद्यार्थी लिएर फर्किंदै गरेको लु १ ख ८६७५ नम्बरको बस आज बिहान करिब साढे ५ बजे बसन्तपुरस्थित टोल गेट नजिक ट्र्याक्टरसँग ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका सबै विद्यार्थीलाई उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले जानकारी दिए। उनका अनुसार केही विद्यार्थीको टाउकोमा गम्भीर चोट लागेको छ र उनीहरूको उपचार भइरहेको छ।
दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।





















उज्यालो खबर










