गैँडाकोट- लायन्स क्लब अफ गैँडाकोट मौलाकालिकाले आज साँझ मानव सेवा आश्रम, भरतपुरमा सामाजिक सेवा अन्तर्गत ३८ जनालाई खाना खुवाएको छ।कार्यक्रम सहकोषाध्यक्ष अर्जुन आचार्यको संयोजनमा सम्पन्न भएको थियो भने जनक पौडेलले कार्यक्रमको अध्यक्षता गर्नुभयो।
कार्यक्रममा लायन्सका डिस्ट्रिक्ट पदाधिकारीहरू गोपाल गौतम, सीआर कंडेल, इन्दीरा पाण्डे, कृष्ण पान्डे, हरी ढकाल तथा क्लबका पदाधिकारीहरू गणेश केसी, भिम पौडेल, श्याम सुन्दर भूसाल लगायतको उपस्थिती रहेको क्लबका प्रथम अध्यक्ष शंकर आचार्यले कार्यक्रमको जानकारी दिनुभयाे ।
उक्त कार्यक्रममा सहभागीहरूले देखाएको उत्साह र खुशीले सामाजिक सेवा कार्यक्रमको महत्व झल्काएको थियो। क्लबले यस प्रकारका मानव सेवा कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।





















उज्यालो खबर










