काठमाडौँ- देशभर आजदेखि सुनको मूल्य पुनः साढे दुई लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ निर्धारण गरिएको हो।
अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ हजार ९ सय रुपैयाँले बढेको महासंघले जनाएको छ। अघिल्लो दिन सुनको कारोबार प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा भएको थियो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य प्रतिऔंस ४२०० अमेरिकी डलर नाघेको छ। यसअघि अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४३८१ डलरसम्म पुगेको रेकर्ड छ।
यससँगै नेपाली बजारमा असोज ३१ गते कायम भएको प्रतितोला २ लाख ५८ हजार रुपैयाँको उच्च रेकर्ड पछिल्लो समय नजिकिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा चाँदी तोलामा १७ रुपैयाँले बढेर बिहीबार प्रतितोला ३३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।




















उज्यालो खबर

















