‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि कडा आरोप लगाएका छन्। उनले नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा गृहमन्त्रीको कार्यशैली एमाले नेताको जस्तो भएको टिप्पणी गरेका हुन्।
गुरुङका अनुसार अर्यालले संविधान लेख्दा “संविधानविद्”को रूपमा साथ दिएका भए पनि अहिले “चुनाव मात्रै” भन्ने एजेन्डा बोकेका छन्।
गुरुङले भने, “उहाँको एजेन्डा चुनावमात्र रहेछ, हाम्रो भने देशमा न्याय र व्यवस्था परिवर्तन हो। देशमा न्याय नभए चुनाव हुन दिँदैनौं।”
उनले आरोप लगाए कि गृहमन्त्रीले जेन्जी आन्दोलनका कार्यकर्तालाई पक्राउ गरिरहेका छन् तर राजनीतिक दलका कार्यकर्तालाई छोएका छैनन्।गुरुङले थपे, “कहिलेकाहीँ उहाँ एमालेकै हो कि जस्तो लाग्छ।”
उनका अनुसार जेन्जी आन्दोलनलाई मिलाउन आफू दुई महिनादेखि सक्रिय छन् र वडास्तरसम्म समिति बनाइसकिएका छन्। अब छिट्टै आगामी योजना सार्वजनिक गर्ने उनले बताए।




















उज्यालो खबर

















