×

चितवन- अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित ग्रामीण क्षेत्र स्टोनली मा भएको कार दुर्घटनामा चितवनका एकै परिवारका तीन जनाको मृत्यु भएको छ।दुर्घटनामा ४१ वर्षीय पुरुष (बाबु), ३१ वर्षीया महिला (आमा) र तीन वर्षीय बालक (छोरा) को घटनास्थलमै मृत्यु भएको हो। उनीहरूसँगै यात्रा गरिरहेकी मृतक महिलाकी आमा गम्भीर घाइते भएकी छन्।

घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ। सब–वेबाट मुख्य सडकमा निस्कने क्रममा मालबाहक ट्रकले ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ।भिक्टोरियाका वाणिज्यदूत नीराजन गौलीले यो घटना अत्यन्त पीडादायक भएको जनाउँदै एकै परिवारका तीन सदस्यको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन्।
एनआरएन भिक्टोरियाका संयोजक महादेव धानुकले परिवारसँग निरन्तर सम्पर्कमा रहेको र आवश्यक सहयोगका लागि तयारी अवस्थामा रहेको जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया