×

चितवन-  फेन्सी व्यवसायी संघ चितवन र फेन्सी साकोसको संयुक्त पहलमा देवघाटस्थित श्री सीताराम संस्कृत माध्यमिक विद्यालयका १२६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर र जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरी गरिएको उक्त कार्यक्रमले विद्यालय समुदायमा उत्साह जगाएको छ।

कार्यक्रमका प्रमुख अतिथि फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष रामप्रसाद पौडेल हुनुहुन्थ्यो। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द शरण सिग्देलले गर्नुभएको थियो।विशिष्ट अतिथिको रूपमा फेन्सी साकोसका सचिव निरोज न्यौपाने, शिक्षक–अभिभावक संघका अध्यक्ष शमशेर ब. पण्डित र विद्यालयका प्रधानाध्यापक मिलन घिमिरे सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमका संयोजक तथा फेन्सी व्यवसायी संघका प्रतिनिधि प्रवीण सापकोटाले संघले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा र विद्यार्थी सहयोगका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँका अनुसार “न्यानो कपडा वितरण अभियानले विद्यार्थीहरूलाई चिसो मौसममा केही सहजता दिलाउने र अध्ययनमा थप उत्साह ल्याउने” विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया