काठमाडौँ । भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गृहमन्त्री र गृहसचिवसँग बयान लिने तयारी गरेको छ ।
प्रशासन सिंहदरबारस्थित विशेष स्रोतका अनुसार आयोगले उक्त प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई बयानका लागि बोलाउने तयारी गरेको हो ।
“उच्च नेतृत्वलाई नै बयानका लागि बोलाउने निर्णय भएको छ,” स्रोतले भन्यो, “अनुसन्धानले देखाएको आधारमा सम्भवतः यही साताभित्र दुवै जनालाई बोलाएर बयान लिने तयारी भइरहेको छ ।”




















उज्यालो खबर

















