वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित दर्ता गरेको नेपाल आज दोस्रो खेल खेल्दै
वेस्ट इन्डिजसँगको ऐतिहासिक तीन खेलको टी–२० आई सिरिजअन्तर्गत नेपाल आज सोमबार दोस्रो खेल खेल्दै छ।यूएईको साहजाहस्थित सारजाह क्रिकेट रगंशालामा हुने खेल नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ।पहिलो खेलमा वेस्ट इन्डिजविरुद्ध १९ रनको कीर्तिमानी जित निकालेको नेपाली टोली लगातार दोस्रो जित हात पार्न चाहन्छ।
युनिटी कप नाममा भइरहेको सिरिजमा नेपाली टोली लगातार दोस्रो जित निकाल्दै इतिहास कायम गर्न चाहन्छ।नेपाली टोलीले आजको खेलमा वेस्ट इन्डिजलाई पराजित गरे तीन खेलको सिरिज एक खेलअगाव...



























