काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि निर्वाचन यही चैत २३ गते हुने भएको छ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार बसेको बैठकले चैत २३ गते उपाध्यक्षको निर्वाचन र चैत २४ गते विषयगत समितिका सभापतिहरूको निर्वाचन गर्ने कार्यतालिका तय गरेको हो।
यसैगरी, राष्ट्रियसभाको अर्को बैठक चैत २२ गते आइतबार दिउँसो १२:१५ बजे बस्नेछ।



















उज्यालो खबर











