नवलपरासी (पूर्व) – गैंडाकोट नगरपालिका वडा नं. १३ स्थित उत्तम चोकमा सवारी दुर्घटनामा परेर एक पैदलयात्रीको मृत्यु भएको छ। साँझ अन्दाजी ८ः२० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोतीबाट गैंडाकोटतर्फ आउँदै गरेको ना २ च ४०९८ नम्बरको पिकअपले बाटो क्रस गर्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको हो।
दुर्घटनामा गैंडाकोट नगरपालिका वडा नं. १३ निवासी ६२ वर्षीय प्रेम बहादुर क्षेत्री गम्भीर घाइते भएका थिए। घाइते क्षेत्रीलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर चितवन पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न पिकअप र चालक चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं. १३ निवासी ४६ वर्षीय सतिष रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।



















उज्यालो खबर










