×

नवलपुर – रत्नराज्य माध्यमिक विद्यालय गैँडाकोट–१० मा कक्षा ९ मा अध्ययनरत दुई जना छात्र बेपत्ता भएका छन्।विद्यालयका प्राचार्य नवराज काफ्लेका अनुसार कक्षा ९ मा अध्ययनरत समिर कंडेल र रुपेश रेग्मी सोमबारदेखि सम्पर्कविहीन छन्।

उनिहरु सोमबार बिहान करिब १० बजे विद्यालय पुगेका थिए। तर ढिलो आएको भन्दै विद्यालय प्रशासनले अभिभावकको स्वीकृतिमा भोलि आउन सुझाव दिँदै घर फर्काएको थियो। तर त्यसपछि उनीहरू घर नपुगेका र अहिलेसम्म पनि सम्पर्कमा नआएको प्राचार्य काफ्लेले बताए।

जानकारी अनुसार आइतबार पनि दुवै छात्र विद्यालय नगई स्थानीय सिख्रौली मेला हेर्न गएका थिए। सोमबार समेत एक घण्टा ढिलो विद्यालय पुगेका उनीहरू घर फर्किएपछि बेपत्ता भएका हुन्।विद्यालयका प्राचार्यका अनुसार घटनाबारे स्थानीय प्रशासनलाई जानकारी गराइएको छ। साथै विद्यालयले सिसीटीभी फुटेजको आधारमा उनीहरू कतातिर गएका हुन् भन्नेबारे खोजीकार्य अघि बढाएको छ।

तपाईको प्रतिक्रिया