 
    
    
	
	 	
	
	
		चितवन- जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण भ्रमण गर्नुभएको छ।
निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले अपराध नियन्त्रण तथा अनुसन्धान शाखा, हिरासत कक्ष, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र लगायतका विभिन्न शाखाहरूको अवलोकन गर्नुभएको थियो। उहाँले कार्यालयको समग्र कार्यप्रणालीबारे जानकारी लिँदै सुधार गर्नुपर्ने पक्षमा निर्देशन समेत दिनुभएको छ।
कार्यक्रमका क्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले प्रमुख जिल्ला अधिकारीलाई स्वागत गर्दै जिल्लाको समग्र सुरक्षा अवस्था र अपराध नियन्त्रण सम्बन्धी विवरण प्रस्तुत गर्नुभएको थियो।
सो अवसरमा प्रहरी नायब उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू, मातहत कार्यालयका प्रतिनिधि तथा सकल दर्जाका प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।
निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले जनताप्रति उत्तरदायी सेवा प्रवाह, अपराध नियन्त्रणमा सक्रियता र प्रहरी सेवामा पारदर्शिता कायम गर्न निर्देशन दिनुभएको प्रहरीले जनाएको छ।
 
					




















 उज्यालो खबर
 उज्यालो खबर
















