×

चितवन- चितवनको भरतपुर महानगरपालिका–३, लायन्सचोक ओरालोस्थित एक घरमा सोमबार बिहान करेन्ट सर्ट हुँदा आगलागी भई ठूलो धनमाल क्षति भएको छ।

वडा प्रहरी कार्यालय नारायणगढका अनुसार बिहान करिब ४ः१५ बजे युवराज अधिकारीको घरमा करेन्ट सर्ट भई आगलागी भएको हो। उक्त घरको तल्लो तल्लामा भरतपुर–२, क्षेत्रपुरका सुमन भारतीले सञ्चालन गर्दै आएको ‘चितवन दोहोरी साँझ’ रहेको थियो।

आगो लागेपछि वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक कुशराम कार्कीको कमाण्डमा खटिएको टोलीले भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका र नेपाली सेनाका तीनवटा दमकलको सहायतामा करिब एक घण्टापछि, बिहान ५ः०५ बजे आगो नियन्त्रणमा ल्याएको जनाएको छ।

प्रहरीका अनुसार आगलागीबाट करिब २५ देखि ३० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ भने मानविय क्षति भने भएको छैन।

तपाईको प्रतिक्रिया