×

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले गएराति दुई फरक स्थानमा छापा मार्दै जुवा तास खेल्दै गरेका २१ जना पुरुषलाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको साथबाट झण्डै साढे तीन लाख रुपैयाँभन्दा बढी नगद र तास बरामद गरेको छ।

विशेष सूचनाका आधारमा भरतपुर महानगरपालिका–१० स्थित ओदान रेस्टुरेन्टमा प्रहरी निरीक्षक दीपक प्रसाद रिजालको कमाण्डमा टोली खटिएको थियो। उक्त स्थानबाट जुवा खेलिरहेको अवस्थामा १० जना पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट नगद रु. २,११,२१० र एक बुक तास बरामद गरिएको हो।

त्यसैगरी खैरहनी नगरपालिका–११, गैँडा क्षेत्रमा पनि प्रहरी टोलीले लुकिछिपी जुवा खेलिरहेको अवस्थामा ११ जना पुरुषलाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट नगद रु. १,५०,७२० र पाँच बुक तास फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवै घटनासम्बन्धी थप अनुसन्धान जारी छ।

तपाईको प्रतिक्रिया