×

चितवन । चितवनको खैरहनीमा रोकि राखिएको ग्यास बुलेटमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ।

गएराति करिब १०:३० बजेतिर खैरहनी नगरपालिका–२ लदरी पुल नजिक पूर्व–पश्चिम राजमार्गमा भएको हो। बिहार राज्य सिवान जिल्लाका ५९ वर्षीय दशरथ प्रसादले चलाइरहेको HR 38 AF 6126 नम्बरको ग्यास बुलेट बिग्रिएर सडक किनारमा रोकिएको अवस्थामा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ३२३० नम्बरको मोटरसाइकल ठोकिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षीय मनिश बोगटी, खैरहनी–२ निवासी, गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगिएकोमा राति ११:०१ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।मृतकको शव पुरानो मेडिकल कलेजमै राखिएको प्रहरीले जनाएको छ।

 ग्यास बुलेट घटनास्थलमै रहेको र बाटो अवरुद्ध नभएको प्रहरीले जनाएको छ।घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय खैरहनीले अघि बढाइरहेको छ।

तपाईको प्रतिक्रिया