चितवन – राप्ती नगरपालिका–२ सिमराचोकमा बुधबार साँझ भएको सडक दुर्घटनामा एक पैदल यात्रीको ज्यान गएको छ ।बुधबार साँझ करिब ६:३० बजे बा.प्र.०२–०५६ प १११५ नम्बरको स्कुटरले ठक्कर दिँदा रौतहट माधवनारायण नगरपालिका–८ का २४ वर्षीय रुपेश राय यादव गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पुर्याइएको थियो । तर उपचारको क्रममा साँझ ७:४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।दुर्घटनामा स्कुटर चालक राप्ती नगरपालिका–२ का १८ वर्षीय दिपेश गौतमको नाक र टाउकोमा चोट लागी मध्यम घाइते भएका छन् । उनी हाल पुरानो मेडिकल कलेजमा उपचाररत छन् ।





















उज्यालो खबर

















