काठमाडौं । अन्तिम खेलमा उत्तर कोरियासँग ११-० गोलअन्तरले पराजित हुँदा नेपाल एएफसी यू-२० महिला एसियन कपमा छनोट हुन असफल भएको छ । भुटानमा जारी छनोटमा नेपाललाई ११-० को गोलअन्तरले हराउँदै उत्तर कोरिया एसिया कपमा छनोट भएको हो ।
समूह ‘ए’ बाट ९ अंक जोड्दै उत्तर कोरिया एसिया कपमा पुगेको हो ।
पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा थप ६ गोल गर्यो । खेलको तेस्रो मिनेटमा नै उत्तर कोरियाले पहिलो गोल गरेको थियो । त्यसपछि १२औं मिनेटमा दोस्रो, २४औं मिनेटमा तेस्रो, ३७औं मिनेटमा चौथो र ४१औं मिनेटमा पाचौं गोल गर्यो । दोस्रो हाफमा ४८औं, ५३औं, ८८औं, इन्जुरी समयको पहिलो, छैटौं र अन्तिम मिनेटमा गोल गर्न सफल रह्यो ।
नेपालले पहिलो खेल भुटानसँग १-१ को बराबरी खेल्दा साउदी अरेबियालाई १-० ले पराजित गरेको थियो ।





















उज्यालो खबर

















