काठमाडौँ — बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी आमाछोराको हत्या गरेका छन्। प्रहरीका अनुसार आज बिहान करिब ३ बजे उक्त घटना भएको हो।
हत्या हुनेमा मण्डल थरकी ५२ वर्षीया महिला र उनका ३२ वर्षीय छोरा रहेका छन्। आक्रमणमा परी मण्डल परिवारकै अन्य तीन जना घाइते भएका छन्। घाइतेहरूको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरिरहेको र आक्रमणकारीको पहिचान तथा पक्राउका लागि खोजी तीव्र बनाइएको जनाएको छ। घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।


















उज्यालो खबर







