नवलपुर– फागुन २१ गते हुने निर्वाचनका लागि नवलपुर क्षेत्र नम्बर १ बाट जिल्ला उपसभापति बालकृष्ण घिमिरेले टिकट पाएका छन्। पार्टीले उनलाई उक्त क्षेत्रमा उम्मेदवारका रूपमा अघि सारेको हो।
बौद्धिक क्षमता र प्रभावशाली वाककलाका कारण परिचित घिमिरे हाल कावासोती निवासी हुन्। उनको जन्मस्थल बुलिङटार भएकाले त्यस क्षेत्रका मतदाताबाट समेत समर्थन पाउन सक्ने अनुमान गरिएको छ।
जिल्ला तहको नेतृत्वमा लामो समयदेखि सक्रिय रहँदै आएका घिमिरे संगठनभित्र राम्रो पहुँच र प्रभाव राख्ने नेताका रूपमा चिनिन्छन्। पार्टी संगठन सुदृढीकरण र निर्वाचनमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने अपेक्षासहित उनलाई टिकट दिइएको बताइएको छ।





















उज्यालो खबर










