×

काठमाडौं – रास्वपा वरिष्ठ नेता बालेन शाहले मेयर पदबाट दिने तयारी गरेको राजीनामा अन्तिम समयमा होल्ड गरेका छन्। उम्मेदवारी दर्ता गरेपछि पद स्वतः खारेज हुने कानुनी प्रावधान र चुनावी अनिश्चितताका कारण उनले यो निर्णय लिएका हुन्।

उनका निकट स्रोतका अनुसार, “राजीनामा नदिइ उम्मेदवारी दर्ता गर्ने भनेर तत्काल भन्न मिल्दैन। अन्तिम समयसम्म निर्णय होल्ड गर्ने योजना छ। कांग्रेसले अदालत गएको छ, भोलि चुनाव सर्ने वा केही परिवर्तन हुने सम्भावना छ, त्यसैले राजीनामा रोकिएको हो।”

बालेन शाह आज मेयर पदबाट राजीनामा नदिई रास्वपा केन्द्रीय कार्यालय घण्टीघर जाने कार्यक्रममा छन्। झापा–५ बाट उम्मेदवारी दर्ता गर्न उनी तयारीमा रहेका छन्। निर्वाचन आयोगले पर्सि माघ ६ मा उम्मेदवारी दर्ताको समय तोकेको छ।

यसैबीच रास्वपाले आफ्ना उम्मेदवार टुंगो लगाउने प्रक्रिया पनि अघि बढाइरहेको छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा दिउँसो २ बजे केन्द्रीय समिति बैठक बस्नेछ। बैठकअघि मेयर शाह दिउँसो १ बजे पार्टी कार्यालय पुग्ने कार्यक्रम छ। पार्टी सभापति रवि लामिछानेसहित अन्य नेताहरू आजै जनकपुर प्रस्थान गर्नेछन् भने मेयर शाह साँझ ५ बजे जनकपुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया