×

काठमाडौं । नेकपा एमालेले देशको नेपाली सेना, निजामती कर्मचारी र अन्तर्राष्ट्रिय समुदायप्रति आफ्नो पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत् नै रहेको बताएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा प्रतिनिधिसभा बैठकमा संसदीय दलका नेता रामबहादुर थापाले गरेको सम्बोधनबारे गम्भीरतापूर्वक छलफल भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

थापाले गरेको सम्बोधनबारे पार्टी भित्रैबाट कडा आलोचना भइरहेको छ । उनले रास्वपा पहिलो दल बन्नुमा नेपाली सेना, कर्मचारी, एनजीओ लगायतको बलको हात रहेको आरोप सम्बोधनको क्रममा लगाएका थिए ।त्यसबारे बैठकमा गम्भीरतापूर्वक छलफल भएको भट्टले बताए ।

‘प्रतिनिधिसभाको बैठकमा संसदीय दलको नेताले गर्नुभएको सम्बोधनको सम्बन्धमा गम्भीरतापूर्वक छलफल भयो,’ उनले भने ।साथै, नेपाली सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग भविष्यमा अझै सम्बन्धी सदृढ बनाउने पनि एमालेले बताएको छ ।

‘बैठकले मुलुकको संविधान र प्रचलित कानुन बमोजिम निर्माण भएका नेपाली सेना लगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत एवं मित्रवत रहेको र भविष्यमा अझै सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ,’ बैठकको निर्णयबारे जानकारी गराउँदै भट्टले भने ।

तपाईको प्रतिक्रिया