चितवन- नेपाल इन्जिनियर एसोसिएसन (NEA) चितवनको नवौँ अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ। आज सम्पन्न अधिवेशनले इन्जिनियरहरूको साझा पेशागत संगठनका रूपमा नयाँ नेतृत्व निर्वाचित गरेको हो।
निर्वाचित कार्यसमितिअनुसार अध्यक्षमा इ. दीपक खनाल चयन भएका छन् भने उपाध्यक्षमा इ. सूर्यप्रकाश लामा, सचिवमा इ. अजय पोखरेल र कोषाध्यक्षमा इ. सुसिला जमरकट्टेल निर्वाचित भएका छन्।त्यसैगरी, कार्यकारी सदस्यहरूमा इ. अस्मिता खनाल, इ. सन्तोष पाण्डे, इ. सुमन पोखरेल, इ. गणेश रिजाल तथा इ. अनिश काफ्ले चयन भएका छन्।
निवर्तमान अध्यक्ष कृष्ण रिजालले नव-निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थालाई अझ सशक्त र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।
नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने जनाइएको छ। साथै, नव-निर्वाचित नेतृत्वले इन्जिनियरहरूको पेशागत हकहित संरक्षण, क्षमता अभिवृद्धि तथा जिल्लामा पूर्वाधार विकासका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।




















उज्यालो खबर











