×

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रभावशाली नेतृ सोबिता गौतमले चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएकी छन्। मंगलबार भरतपुर–१५ स्थित रामपुर क्याम्पसमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन्।

गौतमको उम्मेदवारीमा रास्वपा चितवनका जिल्ला सभापति कृष्णप्रसाद भुसाल प्रस्तावक र भरतपुर महानगरपालिका उपसभापति आशिष लो तामाङ समर्थक रहेका छन्। उम्मेदवारी दर्ताका क्रममा तीनवटै क्षेत्रमा पर्ने सबै वडाका प्रतिनिधि, परिवारका सदस्य तथा शुभचिन्तकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले अभियानप्रति बढ्दो जनसमर्थन झल्काएको छ।

भरतपुर–१५ मंगलपुर घर भएकी गौतम २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–२ बाट निर्वाचित भएकी अनुभवी सांसद हुन्। संसदमा उनको स्पष्ट विचार, सशक्त प्रस्तुति र नागरिकका मुद्दामा निरन्तर आवाज उठाउने भूमिकाले उनलाई जनप्रिय नेतृको रूपमा स्थापित गरेको छ।

चितवन–३ बाट गौतमको उम्मेदवारीसँगै रास्वपाभित्र नयाँ ऊर्जा थपिएको छ। स्थानीय स्तरमा विकास, सुशासन र जवाफदेहिताको मुद्दालाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने उनको प्रतिबद्धताले मतदातामाझ सकारात्मक सन्देश प्रवाह गरेको छ।

रास्वपाले चितवन–३ मा परिवर्तनको एजेन्डा बोकेर चुनावी मैदानमा उत्रिएको संकेत गौतमको उम्मेदवारीले दिएको छ। स्थानीयदेखि राष्ट्रिय तहसम्मको अनुभव र स्पष्ट दृष्टिकोणका कारण सोबिता गौतम यस निर्वाचन क्षेत्रमा बलियो दावेदारका रूपमा हेरिन थालेकी छन्।

तपाईको प्रतिक्रिया