काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेता डा प्रकाशशरण महतले पार्टीको आधिकारिकता गगन थापा नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णय मान्न नसकिने बताएका छन् ।आयोगको निर्णय सार्वजनिक भएलगत्तै संक्षिप्त कुराकानी गर्दै महतले पार्टीको विधानलाई आयोगले नजरअन्दाज गरेको भन्दै आपत्ति जनाए ।
‘आयोगको निर्णय आएको बुझियो । यो निर्णयमा दलसम्बन्धी नियम, पार्टीको विधानलाई नजरअन्दाज गरिएको छ । यो निर्णय मान्न सकिँदैन,’ उनले भने ।अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अब हामी हामी छिटै बैठक बसेर कसरी जाने भन्ने निष्कर्ष निकाल्छौँ ।




















उज्यालो खबर









