नवलपुर- बुलिङटार गाउँपालिका–५ भदौरीस्थित श्री उदय मा.वि.मा शनिबार रोटरी क्लब अफ गैडाकोटले पहिलोपटक पुगेर ११६ जना छात्र–छात्रालाई न्यानो कपडा, स्कुल झोला र स्टेसनरी सामग्री वितरण गरेको छ। त्यस्तै विद्यालयमा पानी फिल्टर पनि जडान गरिदिँदै स्वस्थ्य र सुरक्षित पिउने पानीको व्यवस्थामा सहयोग गरेको छ।
दुर्गम भेगमा रहेको र अघिसम्म कुनै पनि संघ–संस्थाबाट सहयोग नपाएको विद्यालयमा रोटरी क्लब पुगेपछि विद्यालय परिवार र स्थानीयवासी उत्साहित बनेका थिए। कार्यक्रम रोटरी क्लबका अध्यक्ष रो. हिरालाल अर्यालको सभापतित्वमा तथा आर आई डिस्ट्रिक्ट ३२९२, जोन ३३ का एजी रो. डा. प्रमोद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

समारोहमा रोटरी क्लब अफ गैडाकोटका निर्वाचित अध्यक्ष रो. रामहरि श्रेष्ठ, कार्यक्रम संयोजक रेखा श्रेष्ठ, रो. इन्द्रराज पौडेल, सचिव रो. दिनेश पण्डित, सहसचिव रो. भूमिका गैरे, रो. पदम खरेल, रो. रामचन्द्र गौतम, रो. तिलक पन्थी लगायत पदाधिकारीहरूको उपस्थिति उल्लेखनीय थियो।
त्यसैगरी विशेष अतिथिका रूपमा विना कोइराला, राजेन्द्र पौडेल र रतिष्मा श्रेष्ठ पनि सहभागी भए।
विद्यालय पक्षबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश गुरुङ, प्र.अ. होमबहादुर सारु मगर, बुलिङटार शिक्षक–अभिभावक संघका अध्यक्ष धनबहादुर थापा, बुलिङटार गापा–५ का अध्यक्ष विजय थापा, शिक्षा शाखाका स्रोत शिक्षक देव राना तथा निवर्तमान वार्ड अध्यक्ष पूर्ण सिंह खण्डलुक लगायत स्थानीय सरोकारवालाहरूको उपस्थिति थियो।
सम्पूर्ण विद्यार्थी र अभिभावकहरूले रोटरियनहरूलाई भव्य स्वागत गरेका थिए। कार्यक्रममा उत्साहपूर्ण सहभागिता र गहकिलो वातावरणले दुर्गम विद्यालयमा पहिलोपटक पुगेको सहयोग कार्यक्रमलाई झनै अर्थपूर्ण बनाएको आयोजकहरूले बताए।





















उज्यालो खबर










