नवलपरासी (पूर्व)- शनिबार साँझ मध्यबिन्दु नगरपालिका–७ चोरमारा उकालोमा भएको ट्रक–मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। कावासोतीबाट भैरहवा तर्फ गइरहेको प्रदेश २–०३–००१ ख ७१६४ नम्बरको ट्रकले बिपरीत दिशाबाट आएको ना ३४ प १२८५ नम्बरको मोटरसाइकललाई करिब १६:२५ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक ३६ वर्षीय लोकबहादुर थारु, मध्यबिन्दु–१५ निवासी, गम्भीर घाइते भएका थिए। उपचारका लागि तत्काल मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्याइएका थारुलाई चिकित्सकले १६:४० बजे मृत घोषणा गरेका छन्।
दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरी नियन्त्रणमा रहेका छन्। ट्रक चालक २४ वर्षीय लक्ष्मी प्रसाद यादव, बारा सिमरा उपमहानगरपालिका–१५ बस्ने, हाल प्रहरीले नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




















उज्यालो खबर










