नवलपुर- पूर्व–पश्चिम राजमार्गको मध्यबिन्दु नगरपालिका–८ गडारखोला नजिक आज बिहान भएको बस–स्कुटर ठक्कर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्।
बिहान करिब ४:१५ बजे नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा.प्र.०२–०२२प–८९५५ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको सु.प्र.०२–००१ख–१३७१ नम्बरको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय (पूर्व) ले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक धादिङ नीलकण्ठ–५ का २६ वर्षीय शिवजी ओस्ती गम्भीर घाइते भएका थिए। उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पुर्याइएका ओस्तीको उपचारकै क्रममा बिहान ५:२८ बजे मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
स्कुटरमा पछाडि सवार उदयपुर गाइघाटकी २१ वर्षीया निरु शाह दायाँ खुट्टामा चोट लागी मध्यम घाइते भएकी छन् र हाल अस्पतालमा उपचाररत छिन्।
दुर्घटनामा संलग्न बसका चालक दार्जुला निवासी ३८ वर्षीय गजल सिंह धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।घटनास्थलमा प्रहरी चौकी तम्सरिया र जिल्ला प्रहरी कार्यालय (पूर्व) नवलपुरबाट टोली खटिएको थियो।




















उज्यालो खबर










