×

भरतपुर । भरतपुरको वाईपास रोडस्थित मौलाकालिका अस्पतालले लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आर नेपालका सदस्य तथा उनका आश्रित परिवारलाई विशेष छुट उपलब्ध गराउने भएको छ। अस्पताल र लायन्सबीच भएको सम्झौतापछि सेवा शुल्कमा छुट लागू हुने भएको हो।

सम्झौता अनुसार लायन्स सदस्य तथा आश्रित परिवारले अस्पतालले प्रदान गर्ने ओपिडि (बहिरंग) बाहेकका सबै स्वास्थ्य सेवामा अस्पतालको सेवा शुल्कमा २५ प्रतिशत छुट पाउनेछन्।त्यसैगरी फार्मेसी सेवामा ५ प्रतिशत छुट प्रदान गरिने छ।

छुटको सुविधा लिन लायन्स सदस्य वा आश्रित परिवारले लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आर नेपालले जारी गरेको परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्ने अस्पतालले जनाएको छ। स्वास्थ्य सेवा लिनु पूर्व कार्ड देखाइएका अवस्थामा मात्रै छुट लागू हुनेछ। अर्को सूचना वा सम्झौता नभएसम्म सम्झौता निरन्तर लागू रहने अस्पतालले जनाएको छ।

सम्झौतामा अस्पतालका तर्फबाट म्यानेजिङ डाइरेक्टर लायन डा. रमेश घिमिरे, लायन्सका तर्फबाट डिष्ट्रिक गभर्नर एमजेएफ लायन नवराज सापकोटा र चितवन राइजका अध्यक्ष लायन सिरिष पन्तले हस्ताक्षर गरेका छन्।

भरतपुर–११, मालपोत चोक नजिक आफ्नै भवनबाट सेवा गर्दै आएको मौलाकालिका अस्पतालले पछिल्ला वर्षमा गुणस्तर सुधारतर्फ आक्रामक कदम चालेको र सेवा विस्तार गरिरहेको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया