काठमाडौं । मंगलबार सुन र चाँदी दुबैको मूल्यमा गिरावट आएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेर २ लाख ३८ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ रहेको थियो।
असोज मसान्तपछि सुनको मूल्य क्रमिक रूपमा घट्दो क्रममा छ। असोज ३१ गते सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ३ हजार १५ रुपैयाँमा झरेको हो। असोज ३१ गते चाँदीको मूल्य ३ हजार ३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।





















उज्यालो खबर

















