 
    
    
	
	 	
	
	
		चितवन- चितवनका युवा व्यवसायी रामप्रसाद सिग्देल (सुलभ) माथि आक्रमण गर्ने व्यक्तिहरूको पहिचान खुलेको छ। प्रहरीले घटनामा संलग्न तीन जनालाई मुग्लिनबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० का २४ वर्षीय राजेश कार्की, भरतपुर–१३ का २१ वर्षीय सनम सुनार र सिन्धुलीको कमलामाई नगरपालिका–२ माझीटारका २४ वर्षीय प्रकाश घिसिङ तामाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरूलाई गएराति करिब १ बजे मुग्लिनबाट नियन्त्रणमा लिइएको हो। पक्राउ परेका तिनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन ल्याइएको प्रहरीले जनाएको छ।
हालै सिग्देलमाथि भरतपुरस्थित सिजी ल्याण्डमार्क परिसरमा आक्रमण भएको घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान तीव्र पारेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका तीनै जनालाई घटनामा प्रत्यक्ष संलग्न रहेको प्रहरीले आशंका गरेको छ।
 
					




















 उज्यालो खबर
 उज्यालो खबर
















