×

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले माओवादी केन्द्रसँग हुने भनिएको पार्टी एकतामा आफूहरू सहभागी नहुने स्पष्ट गरेकी छन्।हाल एकीकृत समाजवादी र माओवादीसहित विभिन्न वामदलबीच एकता गर्ने विषयमा छलफल चलिरहेको छ। यसैबीच एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक काठमाडौंमा जारी छ।

बैठकमा बोल्दै झाँक्रीले भनिन्, “माओवादीसँग मात्र यही विद्यमान अवस्थामा हुने एकतामा हामी सहभागी हुँदैनौं। जो जो नेतागण यो एकतामा सहमत हुनुहुन्छ, तपाईंहरूलाई बाधा पार्न चाहन्नौं।”उनले आफूहरूलाई एकता विरोधीको रूपमा चित्रण नगर्न पनि आग्रह गरिन्।
“हामी एकताको विरोधी होइनौं, तर यो अवस्था र संरचनामा हुने एकता टिकाउ र सिद्धान्तसम्मत हुने देख्दैनौं,” झाँक्रीको भनाइ थियो।

सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल र स्थायी कमिटी सदस्य झाँक्रीलगायतका नेताहरू माओवादीसँगको एकतामा नजाने पक्षमा छन्।तर अध्यक्ष माधवकुमार नेपाल र उनी निकट नेताहरू भने वाम एकताका लागि माओवादीसँग सहकार्य गर्नुपर्ने पक्षमा छन्।

तपाईको प्रतिक्रिया