 
    
    
	
	 	
	
	
		नवलपुर – आज दिउँसो गैँडाकोटमा भएको बस र तेल ट्याङ्कर दुर्घटनामा चार जना घाइते भएका छन्।दिउँसो करिब २ः३० बजे नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैँडाकोट नगरपालिका–१० कोटिहोम अगाडिको पूर्व–पश्चिम राजमार्गमा बुटवलबाट बिरगंजतर्फ जाँदै गरेको लु २ ख ६८२८ नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको लु २ ख ६१ नम्बरको तेल ट्याङ्कर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा ट्याङ्कर चालक ५६ वर्षीय तिलक राम योगि थारु घाइते भएका छन्। उनी नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका–८ बसोबास गर्दै आएका हुन्। उनको दायाँ हात र टाउकोमा चोट लागेको छ। उपचारपछि स्थानीय मेडिकलले उनलाई घर फर्काएको प्रहरीले जनाएको छ।
त्यसैगरी बस चालक ३७ वर्षीय विकास न्यौपाने, पाल्पा जिल्लाको रम्भा गाउँपालिका–३ का स्थायी बासिन्दा हुन्। उनलाई दायाँ खुट्टा र ढाडमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ।
बसमा सवार यात्रु ३३ वर्षीया गंगा कुमारी गिरी, जिल्ला नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–२ बस्ने, दायाँ खुट्टा र बाँया हातमा चोट लागेकी छन्। सोही बसमा सवार उनकी छोरी ७ वर्षीया अपना गिरी दायाँ हातमा सामान्य घाइते भएकी छिन्।
घाइते चारै जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज, चितवन पठाइएको प्रहरीले जानकारी दिएको छ।दुर्घटनापछि केही समय रोकिएको बाटो हाल सुचारु भएको र दुबै सवारीसाधनमा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
 
					




















 उज्यालो खबर
 उज्यालो खबर

















