 
    
    
	
	 	
	
	
		नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका१४ अमरापुरीस्थित पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो मोटरसाइकलले ठक्कर दिँदा एक महिला घाइते भएकी छन्।
दिउँसो करिब १ः३० बजे कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको ना.५९ प. २२२६ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेकी गैंडाकोट–१४ की ३३ वर्षीया इन्दिरा घिमिरेलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्करबाट घाइते भएकी घिमिरेको टाउकोमा चोट लागेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनलाई प्रारम्भिक उपचारपछि नयाँ मेडिकल कलेज, भरतपुरमा पठाइएको छ।
उक्त मोटरसाइकल र चालक चितवन, भरतपुर महानगरपालिका–११ शान्तिटोलका ७३ वर्षीय हरीनारायण पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
 
					




















 उज्यालो खबर
 उज्यालो खबर

















