आँबुखैरेनीमा पहिरोले अवरुद्ध सडक खोल्न भित्ता खारिदै
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पावरहाउस नजिक बिहान पहिरोले सडक भत्केपछि अवरुद्ध यातायात सञ्चालनका लागि भित्ता खार्न थालिएको छ । निरन्तर वर्षाका कारण आधा सडक नदीमा खसेपछि यातायात अवरुद्ध भएको छ । भित्ता खारेर साना गाडीसम्म सञ्चालन गराउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । ‘डेढ मिटरसम्म भित्ता काटेर एकतर्फीरूपमा साना गाडीसम्म चलाउन सकिन्छ कि भन्ने छ’, उनले भने, ‘बेलुकासम्म काम सकेर यातायात सञ्चालन हुन्छ ।’ सडक अवरुद्ध हुँदा ...