चितवनको एक्सपर्ट ग्रान्ड एजुकेशन फेयरमा २ हजार बढी विद्यार्थीको सहभागिता
चितवन–एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भि सेज चितवनको आयोजनामा आज (आइतबार) भएको ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर–२०२२’ मा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको छ ।भरतपुरस्थित होटल रोयल सेन्चुरी पछाडी रहेको एक्सपर्ट बेस क्याम्पमा भएको फेयर विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म चलेको थियो । सो कार्यक्रममा चितवनसंगै नवलपुरका विद्यार्थीहरुको समेत उत्साहजनक सहभागिता रहेको एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । उनका अनुसार विहानदेखि दिउँसोसम्ममा २ हजार भन्दा बढी ...