एमालेको नयाँ नेतृत्वका लागि चुनावी कार्यतालिका सार्वजनिक, १ गते मतदान
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष डा. विजय सुब्बाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।
जस अनुसार, भोलि बिहान ७ बजेबाट निर्वाचन कार्यक्रम सुरु हुनेछ । कार्यतालिका अनुसार, पर्सि बिहान ७ बजे मतदाता नामावली प्रकाशन गरिनेछ ।सोही दिन ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीमा दाबी विरोध, साढे ९ बजे दाबी विरोधको सूचना प्रकाशन, १० बजे दाबी विरोध उपर छानबिन हुनेछ ...
























