×

गैडाकोट-  जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) को संयुक्त टोलीले कावासोती नगरपालिका र आसपासका क्षेत्रहरूमा विशेष चेकजाँच गर्दै स्वरूप परिवर्तन गरेका तथा अत्यधिक आवाज निकाल्ने २१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक कुशल बर्तौलाले भने, “सवारी साधनबाट अत्यधिक ध्वनि निस्कँदा केवल ध्वनि प्रदूषण मात्र हुँदैन, यसले मानव स्वास्थ्यमा पनि गम्भीर नकारात्मक असर पुर्‍याउँछ। हामी सबै सवारी चालक र सर्वसाधारणलाई अनुरोध गर्दछौं।”

प्रहरीका अनुसार, नियन्त्रणमा लिइएका मोटरसाइकलहरू आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि मात्र फिर्ता गरिने छन्। यस किसिमको चेकजाँच आगामी दिनमा पनि नियमित रूपमा सञ्चालन हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया