×

चितवन-  गैँडाकोट नगरपालिका–१० सम्झना चोकमा आइतबार बिहान आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ७९ वर्षीया श्याम कुमारी श्रेष्ठ आफ्नै घरको भुईँतलाको कोठामा आगलागी हुँदा मृत अवस्थामा फेला परेकी हुन्।

आगलागी नियन्त्रणमा आइसकेको र घटनास्थल सुरक्षित गरिएको प्रहरीले जनाएको छ। खबर प्राप्त हुनासाथ इलाका प्रहरी पोस्ट वेल्डिहाबाट तीन जनाको टोली घटनास्थल पुगेको थियो।यस घटनाबारे थप अनुसन्धानका लागि प्रहरी उपरीक्षकको कमान्डमा अपराध स्थल अनुसन्धान (SOCO) टोलीसहित ११ जनाको टोली खटिएको र आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया