×

चितवन- गैँडाको आक्रमणबाट पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका ९को च्यातङ्ग्र खोला नजिकै गैँडाले आक्रमण गर्दा सोही स्थानका २६ वर्षीय राजकुमार बिकको मृत्यु भएको हो ।

चितवन निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार बिक घाँस काट्न जंगल गएका थिए । उनको शव भरतपुर अस्पतालमा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया