
मंगलबार विहान व्यास नगरपालिका वडा नम्बर १२ तल्लो छिर्कन स्थित पृथ्वीराजमार्ग सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा आमा छोराको मृत्यु भएको छ ।
दमौलीबाट डुम्रे तर्फ जादै गरेको ग.प्र.००३–००१ प ०३१० नम्बरको मोटरसाईकल विहान करिब ८.२० बजे अचानक आफै अनियन्त्रित भई सडकको बाँया साईडको कल्भर्टमा ठोकिन गई दुर्घटना हुँदा तनहुँ जिल्ला ऋषिङ गाँउपालिका वडा नम्बर ६ चालिसे घर भई हाल व्यास ब्यास नगरपालिका वडा नम्बर ५ पाटन बस्ने मोटरसाईकल चालक १९ वर्षीय सन्दिप आले र उनकी आमा ४० बर्षीया मधु माया आले रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।